काठमाण्डौ - ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन सरकारलाई चेतावनी दिएका छन् ।
धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुईतिहाइको अंहकार बंगलादेश र श्रीलंकाको हालत हुने भने सम्झाएको बताए ।
दुई ठूला पार्टी मिल्न नहुने हो तर भ्रष्टाचारविरोधी अभियानका कारण गराएर उहाँहरूले गर्न नहुने काम गर्नुभएको छ, ‘उहाँहरूले भन्ने गरेको संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी कतै मिल्दैनन् । दुई तिहाइको घमण्ड नगर्नुस्, तपाईंहरू सुध्रिनुस्, राम्रो कामको समर्थन नै हुने छ तर तर तपाईंहरूको लक्षण राम्रो गर्ने देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्दैन, अहिले सचेत मात्रै गराइएको हो प्रचण्डले भने ।
पत्रकारसँग प्रचण्डले भने परिवर्तनका एजेन्डा माओवादीका भएकाले हामीलाई देखाइदिने नाममा जनतामाथि घात गर्ने खतरा आए सडकबाट प्रतिवाद गर्नेछौँ ।