सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन: रवि लामिछाने

2.7k Shares

भाद्र ८, काठमाण्डौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले मध्यराति १ बजेसम्म रवि लामिछानेको बयान लिएको छ ।

समितिका सभापति सूर्यबहादुर थापाले राति १ बजेर ५ मिनेट जाँदा सोधपुछ प्रतिवेदनमा हस्ताक्षर भएको जानकारी दिए । शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको बयान राति १ बजेसम्म चलेको हो । समितिले गोरखा मिडिया नेटवर्क प्रा.लि. का पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग लामो समय बयान लिएको हो ।

मध्यरातसम्मको बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफूले नखाएको दाबी गरेका छन् । बयानबाट निस्किएपछि सञ्चारकर्मीसँग लामिछानेले भने सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिएन । यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु ।

समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्न रहेका आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।

सम्बन्धित समाचार