मधेश युनाइटेडबाट खेल्ने ट्युनिसियाकी योस्रा जेरामदिनी

2.4k Shares

काठमाडौं।एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्युनिसियाकी योस्रा जेरामदिनीलाई आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

काजकिस्तानकी कालिनोभा यभजेनियालाई मधेशले यसअघि नै अनुबन्ध गरेको थियो।

यो सँगै लिगका लागि दुई विदेशी खेलाडीको घोषणा गर्ने मधेश युनाइटेड पहिलो टोली बनेको छ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर समेत रहेका  निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा  ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ।

इन्फिनिटी ड्रिम्सले आयोजना गरेको पहिलो पटक महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।

सम्बन्धित समाचार