सरकार परिबर्तनको अनावस्यक भ्रममा नपर्न आग्रह

3k Shares

भाद्र ७ , काठमाण्डौं । नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् ।

जनकपुरमा जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समीकरणबाट निर्माण भएको यो सरकारले मुलुकको जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरे । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए ।

१८ वर्षदेखि सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुग्न सकी रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र ने.क.पा. एमाले एक ठाउँमा उभिँदा सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुर्‍याउन सफल भएको बताए ।

केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रूपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्‍यो यसरी हुँदैन भन्ने निष्कर्ष सहित अहिले निर्माण गरिएको नयाँ समीकरण मुलुकका लागि निर्विकल्प छ, उनको जोड थियो ।

यो समीकरण निष्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन भन्दै सरकार परिबर्तनको अनावस्यक भ्रममा नपर्न आग्रह गरे ।

सम्बन्धित समाचार