सरकारले उपबिजेता महिला भलिबल खेलाडीलाइ तीन लाख दिने

2.9k Shares

भाद्र ३, वालुवाटार, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनका दिन सोमबार बिहान दुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग अन्तरक्रिया गरेर बिताएका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवम् खेलाडीबीच यस खेलले हालसम्मका उपलब्धि, पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजयको सुनिश्चितबारे छलफल केन्द्रित थियो ।

प्रधानमन्त्री ओलीले खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए । उनले भने प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराएका छन् ।

उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउने सङ्कल्प गरे । ‘तपाईँहरूलाई थाहा छ, सरकारको ढुकुटीमा धेरै रकम छैन । तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ ।

आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, उनले भने, ‘हामीले खेल्ने जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’

प्रधानमन्त्री निवास, बालुवाटारमा मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित बनाएको प्रशिक्षक र खेलाडीहरूले बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

सम्बन्धित समाचार