भाद्र २, काठमाण्डौँ । राष्ट्रिय सभामा ने.क.पा. (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य आफुहरूलाई नहुने बताएका छन् ।
राष्ट्रिय सभा बैठकमा बोल्दै उनले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताए ।
सांसद भुसालले दुई दलबिचको सहमतिले संविधानका मूलभूत मान्यताहरूमाथि प्रहार गर्न नपाइने बताए । उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद भुसालले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइएको बताए । उनले भने संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? भन्ने प्रश्न रहेको बताए ।