भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू हुने गरेको छ: वामदेव गौतम

1.7k Shares

काठमाण्डौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी ओलीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसँग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गरेका हुन् ।

सरकारका प्रमुखसँग कुरा गर्दा हुने विषयमा प्रधानमन्त्री भेट्न नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनको भनाइ छ ।

पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनुपर्ने उनले सुझाए । गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेको भन्दै पूर्वतयारीमा नेपालका राजनीतिक दलका नेताहरूको ध्यान जान नसकेको बताए ।

सम्बन्धित समाचार