मनको बाघले खाएर तर्सित हुने काम बन्द गरौं: प्रभाकर

1.6k Shares

भदौ १, काठमाण्डौं । नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरेका छन् ।

शनिवार माओवादी केन्द्र काठमाण्डौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रभाकरले पार्टी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरेका हुन् ।

हाम्रो पार्टी विभिन्न दलसँग एकताकै प्रकृयामा नै छ तर मलाई बिप्लवलाई आउन नदिने जनार्दन हो भनियो किन मेराबारे भ्रम छर्ने? म नै हो बिप्लव जिलाई छिटो आउनुस भन्ने । 

‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भए, मलाई माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड ?

म माओवादीको कहिले हुन्छु?प्रचण्डलाई प्रश्न गर्दै उनले भने, पार्टीमा काम गरेको ४८ वर्ष भइसक्यो, म माओवादी हुन पाउनुपर्दैन ? शृङ्खला हेर्दा म प्रचण्डको कहिले हुन्छु होला ?

देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन । मेरो धारणा के छ भने मनको बाघले खाएर तर्सित हुने काम बन्द गरौं ।

सम्बन्धित समाचार