आइतबारदेखि साफ यू-२० च्याम्पियनसिप हुने

1.9k Shares

काठमाण्डौं । साफ यू २० च्याम्पियनसिप फुटबल आइतबारबाट काठमाण्डौंमा सुरु हुँदैछ । एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार आइतबारबाट सुरु हुने च्याम्पियनसिप भाद्र १२ सम्म चल्ने जनाएको छ ।

साफ यू-२० च्याम्पियनसिपमा नेपालका साथै बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान सहभागी छन् ।

च्याम्पियन्सीप अन्तर्गत च्याम्पियन्सीप अन्तर्गत नेपालले उद्‌घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलङ्का रहेको समूह ‘ए’ मा बङ्गलादेश पनि छ ।

अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन् । खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ ।  

सम्बन्धित समाचार