दशरथ रंगशालाको मैदान स्तरोन्नतिका लागि राखेप र एन्फाबीच छलफल

1.7k Shares

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा बुधबार छलफल भएको छ।

पहिलो चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल भाइरल बनेको छ। 

सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार मैदान स्तरोन्नतिका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच छलफल भएको राखेपले जनाएको छ। मैदान स्तरोन्नति गर्नका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।

 एन्फाअध्यक्ष नेम्वाङले तत्काल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाता सङ्ग सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार