एकीकृत समाजवादी र माओवादी पार्टीबीच एकताको चर्चा

1.4k Shares

काठमाण्डौं । ने .क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि शक्ति सञ्चयमा लागेका छन् । गत जेठमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएर समाजवादी मोर्चासमेत कमजोर बनेको पृष्ठभूमिमा सत्ता छाडेका प्रचण्डले फेरि पार्टी एकताको पहल थालेका छन् ।

प्रचण्ड निकट स्रोतको दाबी छ एकीकृत समाजवादी सहित अन्य पार्टीहरूसँग पनि प्रचण्ड निकट स्रोतको दाबी छ एकीकृत समाजवादी सहित अन्य पार्टीहरूसँग पनि छलफल प्रारम्भ भएको छ । छिट्टै सकारात्मक निष्कर्षमा पुने विश्वास छ ।

एकीकृत समाजवादी अध्यक्ष माधबकुमार नेपालनिकट श्रोतका अनुसार प्रचण्ड र नेता नेपाबीच पार्टी एकता प्रस्ताव सहित चारपटक छलफल भैसकेको छ ।

पछिल्लोपटक यही सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका थिए भने माधब कुमार नेपालसँग बिहीबार आफ्नै निवास खुमलटारमै छलफल गरे ।

दुई नेताबीच पटकपटक भेतघाट भए पनि एकताबारे ठोस कुरा केके भएको छ आउपचारिक रूपमा केहि जानकारी नभएको माओवादी केन्द्रका एक केन्द्रीय सदय बताउछन् । जे भए पनि एकताको पहल हुनु औपचारिक अनौपचारिक कुराकानी हुनु सकारात्मक हो । 

सम्बन्धित समाचार