माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो: प्रचण्ड

4.6k Shares

साउन ३१, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा जवाफ दिएर बाहिरिने क्रममा दाहालले यस्तो बताएका हुन् ।

माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला निराधार हो । आशंका र भ्रम पनि भए उनले भने,जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ त्यो गलत हो । पार्टीभित्रको सबै समस्या अब मिलिसक्यो ।

पदाधिकारी र स्थायी समिति बैठकमा यसअघि उपमहासचिव शर्माले पार्टीमा दस्तावेज पेश गर्दै अब प्रचण्डको विकल्प खोजिनुपर्ने बताएका थिए । उनले अब नेतृत्वको विकल्प खोज्ने समय आएको भन्दै प्रचण्डले पनि त्यसका लागि तयार हुनुपर्ने बताएका थिए ।

माओवादी स्थायी समिति बैठकले प्रादेशिक रूपमा केन्द्रीय समितिको बिकेन्द्रीत बैठक बस्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार