गठ्ठाघरको दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुल्यो

2.4k Shares

३१ श्रावन, भक्तपुर । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको व्यक्तिको पहिचान खुलेको छ ।

भक्तपुरको गठ्ठाघर चोक नजिकै  ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

दुर्घटनापछि गठ्ठाघरको अवस्था दिनभरजसो तनावपूर्ण बन्यो । त्यसलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन समेत गर्नुपरेको थियो । अहिले भने त्यो क्षेत्र शान्त बनेको छ । अरनिको राजमार्गमा सवारी साधन चल्न थालेका छन् ।

सम्बन्धित समाचार