सभापति लामिछानेको कारण रास्वपाको भविस्य धूमिल हुँदै गएको छ : डा. मुकुल ढकाल

2.2k Shares

३१ साउन, काठमाण्डौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका छन् । पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्पिक राजनीति अघि बढाउन सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

रास्वपाले ढकाललाई हिजो साधारण सदस्य समेतबाट किन निष्कासन नगर्ने ? भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरण पत्रको जवाफ दिँदै ढकालले पार्टी कार्यालयमा दर्ता समेत नगरी स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन भएको स्पस्टीकरण पत्रमा उल्लेख गरेका छन् ।

ढकालले स्पष्टीकरण जवाफमा सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? आफ्ना पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्ने आँट छ ? र गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो भन्दै तीन प्रश्न गरेका छन् ।

आफूले पार्टी स्थापना भएदेखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरुमाथि झुटा आरोप लगाउने क्रियाकलाप नगरेको स्पष्टीकरण दिएका छन् । पार्टीको छवि आफ्ना कारणले नभइ सभापति लामिछानेका कारण धूमिल हुँदै गएको आरोप लगाएका छन् । 

 

 

सम्बन्धित समाचार