2.1k
Shares
३० साउन, काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करण आगामी भदौ २८मा गर्ने भएको छ । आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस, एसिया) को कंग्रेस पनि आयोजना गर्ने बुधबार आयोजित कार्यक्रममा जानकारी दिइएको छ । एनएसजेएफ एआईपीएस एसियाको सदस्य राष्ट्रय हो।
१० विधामा समावेश गरिएको स्पोर्टस अवार्डको २१ औं संस्करणमा ५ विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।