थुलुङ दुधकोशीबाट सुत्केरी महिलाको उद्दार

3k Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी अस्पतालबाट दुई नवजात शिशुसहित सुत्केरी महिलाको उद्वार गरिएको छ । समय अगावै शिशुको जन्म भएको र तौल समेत कम हुँदा आइसियु आवश्यक पर्ने भयकोले काठमाडौ पठाउनुपरेको कार्कीको भनाई छ ।


गाउँपालिका प्रबक्ता भोजराज कार्कीले  राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार दिउँसो काठमाडौ लगिएको जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका २ कि २४ वर्षीया सुत्केरी रुपा सार्कीको परिवारले अप्ठेरो परेको बेला उद्वारका लागि आवश्यक पहल गरिदिएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईसहित प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री लगायत सबैलाई धन्यवाद दिएका छन ।

सम्बन्धित समाचार