1.7k
Shares
श्रावन २८, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक भोलि ११ बजेदेखि बस्ने गरि स्थगित भएको छ ।
आजको बैठकमा नेताहरू दिनानाथ शर्मा, हितराज पाण्डे, यसोदा सुबेदी गुरुङ, पेशल खतिवडा अञ्जना बिशुंखेले बोलेका थिए ।
जारी स्थायी समिति बैठक भोलि केहि नेताहरू बोलिसकेपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका समग्र विषयमा बोलेर बैठक सम्पन्न हुने माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताए ।