1.5k
Shares
नेपाल कम्युष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । बैठकमा स्थायी समिति सदस्यहरू र पदाधिकारीहरूले बोल्ने क्रम जारी छ ।
चारदिनदेखि जारी बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, जनदबाबका कार्यक्रम, प्रतिपक्षको भूमिका, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
आइतबार बोल्ने अधिकांश नेताहरुले पार्टी सञ्चालनको सही विधि प्रणाली बनाउन जोड दिएका छन् । स्थायी समिति बैठक सोमबार सम्म चल्ने एक नेताले बताए ।