विचार निर्माणमा लागेको छु नेतृत्वको सवाल सामूहिक सेटमै सोच्नुपर्छ:प्रचण्ड

638 Shares

२७ श्रावन काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल ने.क.पा. (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरूले विचारको संश्लेषण सहित नेतृत्वको कार्यकाल तोक्नुपर्नेमा जोड दिएका छन् ।

जारी माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार संश्लेषणका लागि व्यवस्थित बहस चलाएर समाजवादी विचारलाई थप विकसित गर्ने र आठौँ महाधिवेशनले अनुमोदन गरेको २१ औँ शताब्दीको समाजवाद नै पार्टीको मुख्य कार्यदिशा भएको मौखिक प्रस्ताव राखेका थिए । तर कसैले चाहँदैमा तत्काल नेतृत्व परिवर्तन नहुने स्पष्ट पार्दै त्यसका लागि वर्ग संघर्ष, वैज्ञानिक प्रयोग, विभिन्न कालखण्डमा खेलेको भूमिका र परिस्थितिको आवश्यकताले नेतृत्व जन्मिने प्रचण्डको भनाइ रहेको एक स्थायी समिति सदस्यले बताए ।

सचिव देवेन्द्र पौडेलले विचार संश्लेषण, पार्टी निर्माणका साथै सदन र सडकको मार्चालाई बलियो बनाउन पार्टीभित्र बहस र छलफल भइरहे पनि कुनै निकर्षमा नपुगेको जानकारी दिए । उनले केही दिनमा पार्टीको स्पष्ट खाका आउन सक्ने बताए । ‘बृहत् वामपन्थी धु्रवीकरण र एकताका लागि पहल भइरहेको छ । विचारको विकास र पार्टी निर्माणको सम्बन्धमा बैठकमा बहस चलिरहेको छ । अहिले केही निष्कर्षमा पुगेका छैनौँ । केही दिनमा हामी एउटा निष्कर्षमा पुग्नेछौँ’, उनले भने ।

‘जनार्दन कमरेडले लिखित प्रस्ताव राख्नुभएको थियो । पार्टी बलियो बनाउनका लागि विचारको संश्लेषण, विधि, पद्धति अनुसार नेतृत्व चल्ने गरी विधान पुनर्लेखन गर्नुपर्ने, अन्तसंघर्षमा फरक मतको सम्मान हुनुपर्ने, पार्टी जनतासँग जोडिनुपर्ने, सबैलाई कामको जिम्मेवारी दिनुपर्ने, परिवारवादको अन्त्य गर्नुपर्ने, नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने लगायतका प्रस्ताव आएका छन्’, ती सदस्यले भने ।

अर्का उपमहासचिव वर्षमान पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार राखेका छन् । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार पुनले एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने बताएका थिए । ‘अबको नेतृत्व अविच्छिन्न हुनु हुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ । अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अपिच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो । अब त्यस्तो हुनुहुँदैन । अहिले नै नेतृत्वको विकल्प खोज्ने बेला आएको छैन । तर, कार्यकारी तोक्ने गरी विधानमै उल्लेख गर्नुपर्छ’, पुनको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

गत माघको अन्तिम साता राष्ट्रिय सभा गृहमा बसेको केन्द्रीय समिति बैठक, फागुनको पहिलो साता प्रज्ञा भवन कमलादीमा भएको प्रथम विधान अधिवेशनमा सबै समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, नेतृत्वमा कार्यकाल तोकिनुपर्ने, सांगठनिक संरचना चुस्त दुरुस्त हुनुपर्ने, पार्टी र जनताबिचको सम्बन्ध पुनर्स्थापित हुनुपर्नेमा शर्मा र पुनसहित अधिकांश नेताहरूले जोड दिएका थिए ।  

 

 

सम्बन्धित समाचार