महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन् गर्न संसदीय समिति माग

2.5k Shares

काठमाण्डौ । निरन्तर हवाई दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरण (क्यान) को नेतृत्व क्षमतामाथि यतिखेर गम्भीर प्रश्न उठेको छ । महानिर्देशक प्रदीप अधिकारीमाथि संसदीय समितिमै गम्भीर प्रश्न उठेको छ ।

सांसद्‌हरूले महानिर्देशक अधिकारीलाई निलम्बन नै गरेर लगातारका हवाई दुर्घटनाबारे छानबिन गरिनुपर्ने माग राखेका छन्‌ । स्मरणीय कुरा के छ भने अधिकारीलाई एक वर्षअघि २०८० असार ११ गते तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले अधिकारीलाई मन्त्रिस्तरीय निर्णय गरी स्पष्टीकरण सोधेका थिए ।

उनलाई ९ बूँदे स्पष्टीकरण सोधिएको थियो । मन्त्री र अधिकारीबीच पटकपटकको छलफलपछि अधिकारीले आफ्नो जिम्मेवारी अनुसारको कार्यसम्पादन चुस्त बनाउने प्रतिबद्धता गरि काम गरेका थिए ।

तत्कालीन अवस्थामा स्पष्टीकरण छल्न अनेकन चलखेल गरेका उनी आफ्नो जिम्मेवारीप्रति कहिले गम्भीर बनेनन् । जहिले पनि शक्तिकेन्द्र धाउने प्रबृति उनीमा भएकोले काममा भन्दा बढी सेटिङमा लाग्ने आरोप उनलाइ लाग्दै आएको छ । 

साउनमै लगातार दुईवटा हवाई दुर्घटना भई २३ जनाको ज्यान गएपछि अधिकारीको नेतृत्व क्षमतामाथि पुनः प्रश्न उठेको छ । तर, एक वर्षअघि सोधिएको स्पष्टीकरणबाट जोगिन नै घुमाउरो बाटो समातेका अधिकारीले पछिल्ला दुर्घटनाबारे संसदीय समितिमा ठोस जवाफ दिइरहेका छैनन् ।

अधिकारीले यूरोपेली कमीशनको उडान सुरक्षा सूची (कालोसूची) मा हटाउने प्रतिबद्धतासाथ  २०७८ माघ १७ गते क्यानको जिम्मेवारी सम्हालेका थिए । तर, उनको कार्यकालमा हवाई दुर्घटना लगातार भइरहँदा र नागरिक उड्ययनमा चरम लापरवाही देखिँदा निरन्तर आलोचित छन्‌ ।

सम्बन्धित समाचार