टुकुचा छोपेर बनाइएको सडक भासियो

3k Shares

श्रावन २५, काठमाण्डौं । काठमाडौं महानगरपालिकाको कार्यालय न्यु प्लाजा सँगैको सडक भासिएको छ । टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन् । दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो । उक्त सडक भासिएपछि रातिदेखि नै सवारीसाधन आवागमन प्रभावित भएको छ । 

यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो । महानगरपालिकाका एक कर्मचारीका अनुसार सडक विभागले सडक बनाउन केही दिन लाग्ने जानकारी महानगरलाई गराएको छ ।

मर्मत कार्य नहुन्जेल उक्त क्षेत्रबाट आवतजावत गर्ने सवारीको चप अर्को रुटमा बढ्नेछ । अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ । 

 

सम्बन्धित समाचार