२५ साउन, काठमाडौं । धेरै वर्षपछि प्रमुख प्रतिपक्षी दल बनेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४:०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
लामो समयपछि बस्न लागेको स्थायी समिति बैठक अघि बिहान ११:०० बजे पार्टी पदाधिकारी बैठक बोलाइएको छ । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्नेछ । बैठकमा विधान अनुसार पार्टी निर्माण, सदनलाई प्रभावकारी बनाउने, नेताहरूको जिम्मेवारी तोक्ने लगायतका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको माओवादी नेताहरू बताउछन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र आगामी कार्ययोजनाबारे लगायतका एजेण्डामा गहन रूपमा छलफल हुने उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।