प्राधिकरणका सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

1.6k Shares

श्रावन २४,, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने सरकारको सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि भक्तबहादुर पुन र कपिल आचार्य सर्वोच्च पुगेका थिए ।

सरकारले साउन २० गते उनीहरूलाई हटाएर प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणलाइ बक्यौता नतिरेको आरोप लागेका उद्योगको लाइन जोड्ने विषयमा असहमति जनाएका पुन र  आचार्यलाई स्पष्टीकरण सोधेको सरकारले जवाफ चित्त नबुझेको कारण देखाएर पदबाट हटाएको थियो ।

Global Ime bank

 

NIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:०३
सम्बन्धित समाचार