काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टी खुम्चिदै जानुका कारणबारे विमर्श थालेको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी खुम्चिनुको कारण जनतामा कम जानु र वर्ग विर्सिनुलाई नै कारण मानिएको छ ।
पेरिसडाँडामा चलिरहेको पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी शुद्धिकरण अभियान थाल्नुपर्ने सुझाव समेत दिएका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निस्कर्ष निकालेको बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जनाएका छन् ।
शुक्रवारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी शुद्धिकरण र जनतामा जाने कुरामा जोड दिदिएको भन्दै प्रवक्ता सापकोटाले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निस्कर्ष निकालेको दाबी समेत गरे।