काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि प्रतिनिधिसभालाई सम्बोधन गर्दै डरका कारण कांग्रेस-एमालेलाई डरले जोडेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतअघिको सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले एमालेले समर्थन फिर्ता लिएको भोलिपल्ट नै विश्वासको मत लिने तयारी गरेपनि प्राविधिक समस्याका कारण १० दिनभित्रै विश्वासको मत लिन लागेको दाबी गरेका छन् ।
विभिन्न प्रकरणका फाइल खोल्न थालेपछि कांग्रेस-एमालेले रातारात सहमति गरेको आरोप लगाउदै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवातिर संकेत गर्दै उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पढाइरहनु भयो ।’
भिडियोः
सम्बोधनको क्रममा आक्रोश पोखेका प्रधानमन्त्री प्रचण्डले भने, ‘ती साथीहरुलाई यति भन्न चाहन्छु, यो संविधानको माओवादी केन्द्रको सबभन्दा ठूलो लगानी छ । त्यसले यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन दिने पनि छैन ।'
संविधानको वचाउमा कडा उत्रिने दाबी गरेका प्रधानमन्त्री प्रचण्डले ओलीलाई रातारात संविधान च्यात्ने प्रयास गरेको आरोप समेत लगाए । आरोप लगाउदै उनले भने, ' ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको हो, आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’