विश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्ड (LIVE)

2.1k Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्।

यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। 

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्  । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिदै कांग्रेससहित सरकार गठन गर्ने निर्णय गरेपछी अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् । 

भिडियोः

प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीबाहेक कोहि देखिएका छैनन् । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि अब सरकार गठन कसरी हुने भन्ने विषयमा समेत संवैधानिक विवाद देखिन्छ । माओवादी केन्द्रसहित केहि कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनको आह्वा गर्नुपर्ने दाबी गर्दै आएका छन् भने एमाले-कांग्रेसले उपधारा २ को सरकार बन्ने दाबी गर्दै आएका छन् । 

उसोतः सरकार गठनका लागि संविधानको कुन धारा आकर्षित गर्ने भन्ने विषय राष्ट्रपतिको विवेकमा भर पर्नेछ । 

सम्बन्धित समाचार