एउटै समीकरण भित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ। विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन, उनले भने, राजीनामा स्वेच्छा हो। एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो। त्यो बाटोबाट गएको भए वर्तमान समीकरण भित्रका जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने गुरूङले बताए।
गुरूङले फेरि ७६ (२) अनुसारको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । संसदको प्रक्रियाबाट जाँदा विद्यमान सरकारले विश्वासको मत नपाउँदा ७६(३)अनुसारको सरकार बन्ने उनको दाबी छ।
‘राजीनामाको प्रक्रियाबाट मात्रै ७६ (२) को सरकार बन्ने हो अन्यथा बन्दैन। संविधानका प्रावधानहरूलाई मिच्न खोज्ने कुल्चन खोज्ने। संविधानमाथि कू गर्न खोजिएको त होइन भन्ने आशंका देखिएको छ उनले भने । गुरूङले चित्त नबुझेपनि संविधान पालना गर्नुपर्ने र संसोधन नै गर्नुपरे समय आउने बताए।
त्यो बेलामा आपसी सहमति समझदारीको आधारमा सरोकारवालाहरूका बीचमा गर्ने कुरा हो। मध्यरातमा लुकीलुकी संविधानको प्रावधानहरू मिचमाच गर्ने संविधान उल्लंघन गर्ने काम गरेर हुँदैन,’ उनले भने।
‘भूराजनीतिक परिस्थितलाई नबुझी चालिने कदमले युक्रेन दोहोरिन सक्दैन भन्न सकिन्न। यसको पछाडि उहाँहरूको नियत उद्धेश्य पवित्रै होला तर परिणाम दोस्रो युक्रेन बनाउने दिशामा छ,’ उनले भने।
त्यसकारण समयमै पुनर्विचार गरेर वामपन्थी नेतृत्वको गठबन्धनलाई नै सुदृढ पारेर अघि बढाउनुपर्ने गुरूङको भनाइ छ।
'कहाँ कहाँ समस्या भएको छ, यही गठबन्धनमा समाधान खोजौं । उपाय खोजौं। यसरी निरन्तरता दिऔं,' उनले भने।