बालेन्द्रको धुर्त्याईले महानगरको नोक्सानी चुलिदै, बजेट अन्योलतातर्फ

1.3k Shares

काठमाडौं । चर्चा बटुलेका काठमाडौं महानगरपालिकाका चर्चित मेयर बालेन्द्र साह बालेनको रौद्र रुपका कारण महानगरको नीति तथा कार्यक्रम अन्योलमा परेको छ ।  

गएको जेठ ३२ गते महानगरको नगरसभामा पेश भएको नीति तथा कार्यक्रम १५ दिन बितिसक्दा पनि पारित हुन सकेन । 

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ ले नगरसभामा पेश भएको १५ दिनभित्र पारित गर्नुपर्ने व्यवस्था गरेको छ । तर, मेयर बालेन्द्र नगरसभा बोलाएर मोबाइल अफ गरेर वेपत्ता भएका छन् । 

29EFFDCE-D240-4500-859A-6E31B3C1121E.jpeg

नीति तथा कार्यक्रम नै पारित नगरेरै बजेट पेश गर्न लगाएका मेयर बालेन्द्रको उट्पट्याङले महानगर बेहाल स्थितिमा पुगेको हो ।  

शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको नगरसभा मेयर बालेन्द्र गायब भएपछि बैठक नबसी नगरसभा सदस्य र निम्तालुहरु निन्याउरो मुख लगाएर फर्किएका छन ।  

नगरसभाका लागि तयार पारिएको एलईडी डिस्प्ले दैनिक १ लाख बढीको भाडा, झण्डै २ सय जनालाई बनाएको खाजा खाना, लाइभका लागि ३० हजारमा भ्याटबाहेक गरेर ठूलो घाटा लगाएर मेयर बालेन्द्र गायब बनेका हुन् । 

`मेयरको बालहठले सीमा नाघ्यो । चर्चा र पपुलिज्मले काठमाडौं महानगर फस्ने भो । कार्यकारी प्रमुख पनि मुकदर्शक बने । विकल्प जनताले नै दिनुपर्छ´ एक जनप्रतिनिधिले भने ।  

942F68B5-BAB0-4E83-8981-0296AD6ACF2B.jpeg

महानगरमा बजेटका लागि कार्यसूची टास गरिएपनि मेयरको हठले नगरसभा स्थगित भएको हो वा के हो भन्ने नै अन्योलमा परेको छ । यसले बालेन्द्र्ले दलमाथि आरोप लगाउन खोज्ने र आफ्नो प्रवृत्तिलाई छिपाउन खोज्ने कर्मले महानगर अलपत्र पर्ने खतरा बढेको छ ।

5CB0884F-C136-43CC-B56A-7E1A1EF1B153.jpeg

सम्बन्धित समाचार