प्रथम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति ५० + भेट्रान बागमती च्याम्पियनसीप

1.4k Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल चेस संघ वागमती प्रदेशले स्वर्गिय सुजेन्द्र प्रसाद श्रेष्ठको सम्झानामा पहिलो पटक ५०‌‍ वर्षमाथि उमेरसमूहमा भेट्रान बागमती च्याम्पियनशिपको आयोजना गरेको छ । 

क्यान्सरका कारण अल्पआयुमै ज्यान गुमाएका श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको अखिल नेपाल चेस संघका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । 

Sujendra_1.jpg

श्रेष्ठको स्मृतिमा देशैभर प्रतियोगिता आयोजना हुने र अन्तिममा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको अखिल नेपाल चेस संघका केन्द्रिय सदस्य बबीदेवल पुनले जानकारी दिए । 

आजदेखि शुरु भएको प्रतियोगितामा विजेताहरुलाई नगदसहित मेडल, ट्रफीसहित सम्मान गरिने अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए । प्रतियोगिता उद्घाटन सत्रमा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको बताइएको छ । 

सम्बन्धित समाचार