काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारी निर्णय विवादमा तानिएको छ ।
नागरिकता प्रकरणमा कान्तिपुरको कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेछि प्रमुख प्रतिपक्षी दल लगायत सञ्चार जगतले नै विरोध गरेको छ।
नागरिकता प्रकरणमा पक्राउ गर्ने समय र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीका समाचार श्रृङ्खलाबद्ध आउनुले पनि आशंका उब्जाएको छ ।
कार्यालयबाटै पक्राउ परेपछि अध्यक्ष सिरोहियाले समेत गृहमन्त्रीले प्रतिशोध सँधेको आरोप लगाएका छन् । समाचार रोक्न दबाब दिने उद्देश्यले यस्तो गरिएको टिप्पणी सिरोहियाको छ भने उनले रविमाथि नै राहदानी र नागरिकता प्रकरणको अनुसन्धानपछि पक्राउ पर्नुपर्ने आवाज उठाएका छन् ।
सञ्चार माध्यमको कार्यालयबाटै सिरोहिया पक्राउ परेपछि विपक्षी दलदेखि नागरिक समाज र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत विरोध जनाएका छन् । सिरोहियालाई भने प्रहरीले जनकपुर लगिसकेको छ ।