किन बारम्बार माधव नेपाल सरकार छाड्ने चेतावनी दिदैछन ?

2k Shares

काठमाडाैं । सत्ता समिकरणमा गतिलो भाग खोजिरहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरिए सरकार छाड्ने चेतावनी दिएका छन् । 

सत्ता समिकरणमा सज महशुस नभएको भन्दै सरकारमाथि दबाब बढाइरहेका माधव नेपाल नेतृत्वको नेकपा एसलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिएपनि एमालेले सरकारमा जान गरेको आनाकानीपछि नेता नेपालले आक्रोश पोखिरहेका छन् । 

त्रिशंकु संसदका कारण एक सिट पनि महत्वपूर्ण बनेको बेला नेकपा एसले सरकरमाथि दबाब सिर्जना गर्ने क्रमलाई तीब्रता दिन थालेको छ । 

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरेका छन् । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरिरहेका छन् ।

सरकारमाथि दबाब सिर्जना गरिरहेका अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो ।’

सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई एमालेले स्वीकार गर्न नचाहेको बुझेपछि उनले आक्रोश पोखिरहेका छन् । एमालेमाथिको आक्रोश बढाउदै लगेपनि तत्काल सत्ता समिकरणमा थप अंकगणितको हिसाब किताव चलिरहेकाले यसै भन्न सकिने अवस्था भने छैन् । 

सम्बन्धित समाचार