राजाको मुद्दाबाट दुर्गा प्रसाई ब्याक, के गर्लान अब ?

1.9k Shares

काठमाडाैं । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब राजाको मुद्दा छाड्ने संकेत गरेका छन् । राजासहित हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका प्रसाई मेडिकल कलेजले सम्बन्धन पाउने गरि सर्वोच्च अदालतले फैसला गरेपछि अब व्यापार व्यवसायमै खटिने तयारीमा जुटेको स्रोतले बताएको छ । 

लामो समयदेखि वैंक तथा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्नर भन्दै विरक्तिएर प्रदर्शनमा उत्रिएका प्रसाईले मेडिकल कलेजको सम्बन्धनसँगै अब राजाको मुद्दा छाड्ने निकटस्थसँगको ब्रिफिङक‍मा भन्ने गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु च्याप्न थालेपछि प्रसाई भड्किएको कतिपयको टिप्पणी छ । तर, प्रसाई आफै भने वैंक तथा वित्तिय संस्थाको साँवा ब्याजका कारण तनावमा परेपछि मैमत्त हुन थालेो धेरैले बताउने गरेका छन् । 

राजनीतिक दलको फेरो समाएर अघि बढेका प्रसाईले कलेजको सम्बन्धन पाउन नसकेपछि विद्रोह गर्दै राजाको पक्षमा वकालत गर्न पुगेको र अब उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गर्दै नयाँ पा्र्टी दर्ताको आन्तरिक तयारी थालेको स्रोतको दाबी छ । यद्यपी उनी आफ्नो निर्णयमा अडिक हुन नसक्ने खालका मान्छे भएकाले अहिले नै यसै भन्न सकिने स्थिति भने छैन् । 

सम्बन्धित समाचार