एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन चैतमा हुने

2k Shares

नेकपा(एमाले)सर्लाहीको नवौँ जिल्ला अधिवेशन आगामी चैत मसान्तभित्र गर्ने निर्णय भएको छ ।शनिबार हरिवन नगरपाकिला ११ स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले चैतभित्र जिल्ला सदरमुकाम मलंगवामा नवौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको नेकपा(एमाले) सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक चुडामणी वाग्लेले जानकारी दिए ।उनका अनुसार नवौँ जिल्ला अधिवेशनका लागि विभिन्न उप समितिहरु समेत गठन गरिएको छ ।जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा जिल्ला कमिटी इन्चार्ज ज्वालाकुमारी साहको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटी बैठकले चैत ४ गते बरहथवामा जिल्ला परिषद्को बैठक गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार