सशस्त्र प्रहरी उपरिक्षक भण्डारी सहित एक सय जना सशस्त्र प्रहरी उपरिक्षकको एकैपटक सरुवा,सर्लाहीमा खनाल आउने

1.6k Shares

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक एक सय जना शसस्त्र प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ।सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता सशस्त्र प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।उनका अनुसार मधेश प्रदेशका जिल्ला तालिम केन्द्रका साथै गण र बाहिनीबाट गरी ११ जना सशस्त्र प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ । जसमा सर्लाहीका तुल बहादुर भण्डारी सरुवा भएर अन्यन्त्र गएका छन् भने उनको ठाउँमा विनोद राज खनाल आउने भएका छन् ।
सशस्त्र प्रहरी वल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोतरीका सशस्त्र प्रहरी उपरिक्षक गंगा श्रेष्ठ र सरोज सिंह बस्नेत,सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा.गण महोतरीका लेखनाथ खनाल,सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा.गण रौतहटका मावध रेग्मी,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ हे.क्वा.गण बाराका टोप बहादुर डाँगी,सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ हे.क्वा.गण धनुषाका दिनेश मल्ल,सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हे.क्वा.गण सिरहाका प्रमोद कुमार भारती,सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम प्रशिक्षालय सप्तरीका शोभाकान्त खनाल र ४० नम्बर रिजर्भ गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री गरी ११ जना सशस्त्र प्रहरी उपरिक्षकहरुको अन्यन्त्र सरुवा भएको हो ।सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण–२०८० स्वीकृत भएपछि नयाँ बढुवा भएका सिसम–३,सिनियर ब्याच सिसम–२ र विभागिय टोलीका सशस्त्र प्रहरी उपरिक्षकहरुले कमाण्ड पाएका छन् । 

सम्बन्धित समाचार