नेकपा(एकिकृत समाजवादी) पार्टी निकट समाजवादी प्रेस संगठन नेपालका महासचिव रामकुमार रिजाल(एलन)लाई“गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८०”प्रदान गरिने भएको छ।झरना साहित्यिक परिवार बकैया मकवानपुरले पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेको रु ११ हजार एक सय ११ राशीको उक्त पुरस्कार महासचिव एलनलाई प्रदान गर्ने निर्णय गरेको हो।
उक्त पुरस्कार आगामी फागुन १२ गते प्रदान गरिने संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।सचिव उपासकका अनुसार“यो वर्षको पुरस्कार पत्रकार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको हो। आगामी फागुन ११ र १२ गते बकैया साहित्य महोत्सव २०८० का अवसरमा उक्त पुरस्कार प्रदान गर्ने तयारी गरिएको संस्थाले जनाएको छ । एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभाग सदस्यसमेत रहेका पत्रकार एलन हाल मधेशदृष्टि राष्ट्रिय दैनिक पत्रिकाको सम्पादक पनि हुन।