सर्लाहीका तीन पालिकमा एकैसाथ “जनतासंग माओवादी,विशेष रुपान्तरण अभियान” समापन

2k Shares

नेकपा९माओवादी केन्द्र०ले भदौ १६ गतेबाट सञ्चालन गरेको “जनतासंग माओवादी,विशेष रुपान्तरण  अभियान” सर्लाहीका तीन पालिकाले सोमबार एकैसाथ समापन गरेका छन् ।माओवादी केन्द्रले गरेका कामहरु,माओवादी केन्द्रको भावि योजनाहरु जनतालाई सुनाउने र जनताका समस्या तथा आवश्यकताहरुलाई पहिचान गर्दै एकतावद्ध माओवादी केन्द्र बनाउँने भन्दै भदौ १६ माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल९प्रचण्ड०ले “जनतासंग माओवादी,विशेष रुपान्तरण  अभियान” देशभरका साय सय ५३ वटै स्थानीय तहहरु र सबै वडाहरुमा एकैसाथ उद्धघाटन गरेका थिए ।
सो“जनतासंग माओवादी,विशेष रुपान्तरण  अभियान”सोमबार सर्लाहीको बागमती,लालबन्दी र इश्वरपुर नगर कमिटिले फरक फरक तर एकै पटक कार्यक्रम गरी समापन भएको घोषणा गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।उनका अनुसार माओवादी केन्द्र बागमती नगर कमिटिले बागमती नगरपालिका ११ स्थित बागमती नगरपालिकाको सभाहलमा,लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिका ५ स्थित स्व।निर्मल लामा स्मृति प्रतिष्ठान र इश्वरपुर नगर कमिटिले इश्वरपुर नगरपालिका ४ सागरनाथ स्थित खाल्टे बजारमा फरक फरक कार्यक्रमको आयोजना गरी अभियान समापन भएका घोषणा गरेका हुन ।
बागमती नगर कमिटिले गरेको कार्यक्रममा नगर कमिटि अध्यक्ष चित्रबहादुर तुम्सिङको अध्यक्षता एवम माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज लिलामणी पोख्र्रेल,लालबन्दी नगर कमिटिले गरेको कार्यक्रममा नगर कमिटि अध्यक्ष लेखराम जर्घाको अध्यक्षता एवम केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज राजु खड्का र इश्वरपुर नगर कमिटिले आयोजना गरेको कार्यक्रममा नगर अध्यक्ष नरेश महतोको अध्यक्षता एवम केन्द्रीय सदस्य सावित्रि बुढाथोकीको प्रमुख आतिथ्यतामा अभियानको समापन गरिएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।
भदौ १६ गतेबाट सुरु गरिएको “जनतासंग माओवादी,विशेष रुपान्तरण  अभियान” तीन महिना सम्म सञ्चालन भएको र यो अभियानले माओवादी केन्द्रले गरेका कामहरु,माओवादी केन्द्रको भावि योजनाहरु जनतालाई सुनाउने र जनताका समस्या तथा आवश्यकताहरुलाई पहिचान गर्दै एकतावद्ध माओवादी केन्द्र बनाउँने कोसेढुंङ्गा सावित भएको माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज पोख्रेलले बताए ।
उनले माओवादी केन्द्रले गरेका कमि कमजोरीहरु भुल सुधार गरेर अघि बढ्ने साथै नेताकार्यकर्ताहरुमा देखिएको अलमलपनलाई अन्त्य गरेको समेत बताए ।अभियानको चरणमा विभिन्न सामाजिक काम तथा सरसफाइका काम सहित माओवादी केन्द्रको योजना अबको बाटोका सवालमा जनतालाई जानकारी गराउने काम गरेको माओवादी केन्द्रका स्थानीय कमिटि सदस्य एवम कार्यक्रमका बागमती नगर कमिटिले आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथि प्रह्लाद कुमार बुढाथोकीले बताए ।तर,माओवादी केन्द्रले रुपान्तरण अभियान सञ्चालन गरेको भएपनि सर्लाही सहित धेरै जिल्लामा देखिएको गुट उपगुट,जनवर्गीय संगठनहरुको विवाद समाधान गर्न भने कुनै नेताहरुको पनि ध्यान नगएको माओवादी केन्द्रका नेताकार्यकर्ताहरुले गुनासो गरेका छन् ।
अभियान समापन पछि लालबन्दीमा भएको अनौपचारीक छलफलमा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज  पोख्रेलले पार्टी र पार्टीका विभिन्न जनवर्गिय संगठनहरुमा देखिएको विवाद आन्तरीक रुपमा छलफल गरेर समाधत्रन गर्दै जाने समेत बताए । माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकी,केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज खड्का,प्रदेश कमिटि सदस्य विश्वजित डिसी लगायतका नेताहरुका साथमा अनौपचारीक छलफल गरि पछिल्लो समय पार्टी भित्र नेता कार्यर्ताहरुमा निराशा,नैराश्यता र जनवर्गिाय संगठनहरुमा विवाचद देखिएकाले त्यसलाई आन्तरकि रुपमा छलफलको माध्यामबाट समाधान गर्न आफु तयार रहेको बताएका माओवादी केन्द्र लालबन्दी नगर कमिटि उपा अध्यक्ष एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले बताए ।

सम्बन्धित समाचार