विगतका गल्ती महसुस गरेर माओवादी धारहरू एकताको बाटोमा : माओवादी केन्द्रका उप महासचिव अनन्त

2.2k Shares

नेकपा (माओवादी केन्द्र)का उप महासचिव वर्षमान पुन(अनन्त)ले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताए।“नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र कुनै पनि हालतमा हुन सक्दैन ।” माओवादी केन्द्रका उप महासचिव अनन्तले बताए ।माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका २ मा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उप महासचिव अनन्तले,“राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन। जनताको जीवनस्तर सुधार गरेर जानुपर्छ।हामी त्यसमा लागिपरेका छौँ ।”भने,
गणतन्त्र प्राप्तिपछि देशमा संघीयता,धर्मनिरपेक्षता,समावेशिता,सामाजिक न्यायजस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको माओवादी केन्द्रका उप महासचिव अनन्तको भनाई छ ।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”नेतृत्वको सरकारले गरेका कामको प्रशंसा गर्दै माओवादी केन्द्रका उप महासचिव अनन्तले अन्य सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा,सुशासन,राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको समेत बताए।“अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय,सुशासन,समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ।मध्यपहाडी राजमार्ग माओवादी केन्द्रले बनाएको हो तर त्यसलाई पनि नेकपा(एमाले)ले झुटो प्रचारबाजी गरिरहेकोे छ।नौ वटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ। बाटो चौडा पार्ने,लोडसेडिङ हटाउने काम माओवादी केन्द्रले गरेको हो ।”माओवादी केन्द्रका उप महासचिव अनन्तले बताए ।
पूर्वमन्त्री समेत भएका माओवादी केन्द्रका उप महासचिव अनन्तले आफ्नो पार्टी भ्रष्टाचार, कालोबजारीविरुद्ध निर्ममरूपमा प्रस्तुत भएको समेत उल्लेख गरे।“यही पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ। आफ्नो सचिवालय,मन्त्री,सल्लाहकार फेर्छु तर पछि हट्दिनँ,देश र जनताको पक्षमा काम गर्छु,परिणाम निकाल्छु र पार्टीले उनलाई साथ दिएको छ ।”सम्मेलनका सहभागीलाई प्रशिक्षण दिँदै माओवादी केन्द्रका उप महासचिव अनन्तलले बताए ।विगतको कमजोरी सुधार गर्दै माओवादी घटकहरू एक हुने बाटोमा अघि बढिरहेको माओवादी केन्द्रका उप महासचिव अनन्तले बताए । विगतका गल्ती महसुस गरेर माओवादी धारहरूको एकताका लागि प्रयास भइरहेको माओवादी केन्द्रका उप महासचिव अनन्तको भनाइ छ। 

सम्बन्धित समाचार