माघ ११ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रद्धारा सात सिट दाबी

2.4k Shares

नेकपा(माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्यका लागि पाँच जना नेताहरुको नाम सार्वजनिक गरेको छ ।राष्ट्रिय सभाबाट माघ २० मा खाली हुन लागेका १९ सिटका लागि माघ ११ मा हुने निर्वाचनमा आकांक्षीको लर्को लागेको भएपनि माओवादी केन्द्रले पाँच जना नेताहरुको नाम सार्वजनिक गरेको छ ।सबै सिटका लागि सत्ता गठबन्धन मिलेरै निर्वाचनमा जाने तयारी गरिरहँदा माओवादीले सात सिटमा दाबी पेस गरेको छ ।जसका लागि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ,उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव तथा सचिव चक्रपाणि खनाल रहेका छन्। सातै प्रदेशलाई केन्द्र मानेर हुने निर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सिट बाँडफाँटको तयारी भएको छ ।त्यसपछि नेकपा(एकीकृत समाजवादी),जनता समाजवादी पार्टी(जसपा)नेपालका लागि सिट दिने तयारी भएको एक नेताले बताए ।
माओवादी केन्द्रको बिहीबारको पदाधिकारी बैठकले सातै प्रदेश समितिलाई पुस १५ भित्र राष्ट्रिय सभा उम्मेदवारका लागि नामावली पठाउन परिपत्र गरेको छ ।प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)को प्रमुख सल्लाहकारबाट मंसिर तेस्रो साता राजीनामा दिएका हरिबोल गजुरेल पनि राष्ट्रिय सभा सदस्यका अर्का आकांक्षी देखिएका छन् ।त्यसैगरी,आकांक्षीको सूचीमा माओवादी केन्द्रका सचिवहरू लीलामणि पोखरेल,गणेश साह,हितमान शाक्य पनि देखिएका छन् ।

सम्बन्धित समाचार