मधेश प्रदेशमा नदी नियन्त्रण,सिचाई र विद्युतका धेरै समस्या रहेका नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री एवम नेकपा(माओवादी केन्द्र)का उप महासचिव शक्तिबहादुर बस्नेतले बताए।माओवादी केन्द्र सर्लाहीका नेता कार्यकर्ताहरुसंग भेटघाट तथा बागमती सिचाई आयोजनाको स्थलगत अनुगमनका लागि सर्लाही आएका मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

उनले कृषिजन्य उद्योग र कृषि क्षेत्रमा हुने विद्युतिकरण र सिचाईलाई समाधान गर्न सरकार लागि परेको जस अनुसार सुनकोशी मरिण डाईभर्सनको काम तिब्रगतिमा भईरहेको र सो आयोजना निर्माण सम्पन्न हुनु पुर्व निश्चित क्लष्टर बनाएर भएपनि कृषि क्षेत्रमा देखिने गरेको विद्युतिकरण र सिचाईका समस्याहरु समाधान गर्न संघ सरकार,प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा काम गर्ने बताए ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,निवर्तमान शान्ती तथा पुन निर्माण मन्त्री सत्य पहाडी सहित आएका मन्त्री बस्नेतले आफुले उर्जा,जलस्रोत तथा सिचाईका क्षेत्रमा देखिएका समस्याहरु समाधान तर्फ लागि परेको र सांसदमा पनि पटक पटक छलफल भएको र समस्या समाधान तर्फ निष्कर्षमा पुग्ने गरी काम गर्ने बताए ।
अर्काे प्रसंगमा मन्त्री बस्नेतले दलिय व्यावस्थामा दलहरु जनता र राज्यका पुलहरु हुन र दलहरुले राज्यका नीति नियम,कार्यक्रमहरु जनतामा लिएर जाने भएकाले दलहरुले जनताका धेरै समस्याहरु सुन्नु र समाधानत तर्फ लाग्नु पर्ने समेत बताए।माओवादी केन्द्र सरकारमा रहेको कारण जनताका आवश्यकता र चाहना अनुसार काम गर्नु पर्ने,जनताका मागहरु समाधान तर्फ लाग्नु पर्ने र जनताले पनि माओवादी केन्द्रसंग निकै अपेक्षा गरेका समेत बताए ।उनले अहिलेको व्यावस्था र अवस्थाको विचमा केही दुरी रहेकाले जनतामा निरासा पैदा भएको भएपनि बाहिर हल्ला गरे जस्तै मुलुक संकटको बाटोमा नगएको र राजनीतिमा निकै ठुलो परिवर्तन आएको समेत बताए ।उनले संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल भएपछि पहिलाको तुलनामा निकै विकास निर्माणका काम भएका र मुलुक उद्योगतिमा नगएको दाबी गरे । उनले विरोधीहरुले विरोध गर्दैमा नहुने किनकी पहिलो एक सय १२ वर्षको अवधिमा भएको काम पछिल्लो समय १६ वर्ष र त्यसपछि अहिले वार्षिक रुपमा हुँदै गरेकोे तथ्यांकले देखाएको बताए ।उनले अझै जनताका चाहना अनुसार काम हुन नसकिरहेको समेत बताए ।
विपक्षीहरुले व्यावस्था खराब भएकाले अवस्था विग्रेको ढोल पिटिरहेका तर वास्तविकता त्यस्तो नभएको मन्त्री बस्नेतले दाबी गरे।उनले अहिलेको गठबन्धको सरकार ठिक दिशामा हिडिरहेको र कसैले विरोध गर्दैमा गलत बाटोमा नजाउने समेत उनले बताए ।जिल्लाका माओवादी केन्द्रका नेताहरुले पुर्व पश्चीम लोृकमार्ग भन्दा उत्तरी क्षेत्रमा सिचाईको व्यावस्था नभएकाले सुख्खा क्षेत्र घोषणा गरि डिपबोरिङ मोडल ल्याउन ुपर्ने,जिल्लाका माछा पालक किसानहरुका पोखरीहरुमा गर्मियाममा पानी सुक्ने र पोखरीमा पानी भर्न समस्या भएकाले त्यसको व्यावस्थापनका साथै जिल्लामा विद्युतीय क्षेत्रहरुमा समस्या देखिएकाले त्यसलाई समाधान गर्न तर्फ मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला सह इन्चार्ज लुमणि धिताल(लोचन)ल्े जानकारी दिए ।अनौपचारीक कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवम निवर्तमान शान्ती तथा पुन निर्माण मन्त्री सत्य पहाडी,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्ले,सह इन्चार्ज लोचन लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।