सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर स्थित रहेको श्री हरिहर जनता आधारभुत विद्यालयका विद्यार्थीहरुलाई खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको छ । हरिपुर नगरपालिका १ जानकीनगर स्थित रहेको श्री हरिहर जनता आधारभुत विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शम्भुकुमार रायले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीहरुलाई नियमित विद्यालय आउन् र विद्यालयबाट नभागुन् भनेर कक्षा ६, ७ र ८ मा अध्यायनरत विद्यार्थीहरुलाई खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको हो ।हरिपुर नगरपालिका १ का वडा अध्यक्ष नानीबाबु थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको हो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष होमराज काफ्लेसहित विद्यालय व्यावस्थापन समितिका सदस्यहरु, अभिभवाक,शिक्षक,शिक्षिका र विद्यार्थीहरुको सहभागीता रहेको विद्यालयले जनाएको छ ।