१८ दिनपछि चन्द्रनगरका शिक्षक तथा कर्माचारीहरुको धर्ना स्थगित,सोमबारबाट विद्यालय खुल्ने

2.9k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षकहरुले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।चालू आर्थिक वर्षको तलबभत्ता,विद्यालय सन्चालन खर्च तथा विद्यार्थीहरुका लागि दिवा खाजाको रकम निकासाको माग गर्दै गाउँपालिका भित्रका २२ वटै विद्यालयहरुका शिक्षक तथा कर्माचारीहरु मंसिर १२ गतेदेखि सबै विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा धर्नामा बसेका थिए ।
शिक्षक तथा कर्माचारीहरुकले १८ दिन धर्ना बसेपछि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,उपाध्यक्ष गीतादेवी महतो लगायत वडाध्यक्षहरु धर्नास्थलमा पुगेर एक महिनाभित्र गाउँसभा गरेर तलबभत्ता खुवाउने प्रतिवद्धता जनाएपछि शिक्षक तथा कर्माचारीहरुले धर्ना कार्यक्रम स्थगित गरेका हुन् । शुक्रबारबाटै शिक्षक तथा कर्माचारीहरुले धर्नाका कार्यक्रमहरु स्थगित गरेका भएपनि आईतबार मधेश प्रदेश सरकारले विवाह पन्चमीको अवसरमा बिदा दिएकाले सोमबारबाट चन्द्रनगरका २२ वटै विद्यालय खुल्ने भएका छन् ।
चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरु वीचको विवादका कारण चालु आर्थिक वर्षको पाँच महिना विति सकेपनि गाउँ सभा हुन सकेको छैन भने चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन सकेको छैन् । जसका कारण शिक्षक कर्माचारीहरुका साथै सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुले भक्ता पाएका छैनन् भने विकास निर्माणका कामहरु प्रभावित भएका छन् ।

सम्बन्धित समाचार