सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखहरु एवम शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुखले बागमतीका सामुदायिक विद्यालयहरुको स्थलगत अनुगमन गरेका छन् । बागमती नगरपालिकाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा गरेको योगदानको बाहिर निकै चर्चा भएको समयमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमाला,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रविण धिताल,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल एवम शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुखले नगरका केही सामुदायिक विद्यालयहरुका स्थलगत अनुगमन गरेका हुन ।
बागमती नगरपालिका १ ढुंग्रेखोला,मिलनचोक स्थित रहेको जनता माविमा प्राविधिक शिक्षा तथा तालिम परिषद् अन्र्तगतको प्राविधिक तालिमको अनुगमनको बाहनामा नगरका केही सामुदायिक विद्यालयहरुको पनि उक्त टोलीले अनुगमन गरेको हाम्रा सम्वाददाताले बताए । बागमती नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुर्धान र अभिभावकहरुका साथै विद्यार्थीहरुको आकर्षण बढाउन विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरि रहेको नगर शिक्षा विकास समितिका संयोजक राजकुमार वि।कले बताए ।उनका अनुसार अहिले बागमती नगरपालिकाको शिक्षा शाखा,वृहत राष्ट्रिय शिक्षा सुधार अभियानका अभियान्ता अभिषेक घिमिरे सहितको टिम नगरभिका अभिभावकहरुका घरघरमा पुगेर अन्तर सम्वाद गरि रहेका छन् ।