सर्लाहीको बरहथवा नगरपालिका ६ मा निर्माणाधिन अवस्थामा रहेको नगर अस्पतालको विषयलाई लिएर नेपाली कांग्रेस बरहथवाले विरोध प्रदर्शन गरेको छ ।बरहथवा नगरपालिका ६ मा निर्माणाधिन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालालाई ५० शैयामा स्तरोउन्नती गरी प्रादेशिय अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल गैर जिम्मेवार भएको भन्दै आफुहरुले शान्तीपुर्ण विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका नेता विगु प्रसाद चौधरीले बताए ।
बरहथवा नगरपालिका ६ मा संघिय सरकारको रु १६ करोड १३ लाख १७ हजार १ सय ८७ रुपैँया ३७ पैसाको लागतमा निर्माणाधिन अवस्थामा रहेको १५ शैयाको नगर अस्पताललाई मधेश प्रदेश सरकारले ५० शैयाको प्रादेशिक अस्पताल बनाउन प्रस्ताव गरेको र बजेट तथा कर्माचारीको समेत व्यावस्थापन गरिदिने प्रतिवद्धता जनाएको र नगरकार्यपालिले सर्वसहमत निर्णय गरिसकेको भएपनि भएपनि बरहथवा नगरपालिकाकी नगर प्रमुख कटुवालले सो निर्णय अनुसार काम नगर्दा आफुहरुले विरोध गर्नु परेको बरहथवा नगरपालिका ६ का वडा अध्यक्ष मोहमद् अफ्ताव आलमले बताए ।उनका अनुसार प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम मै स्तरोउन्नती गर्ने भन्ने रहेको र हाल सञ्चालनमा रहेको १५ शैयाको अस्पताललाई ५० शैयामा अपग्रेड तथा नामाकरण गर्ने विषयमा असोज ९ गते नगरकार्यपालिकाले सर्वसहमत निर्णय गरेको भएपनि नगर प्रमुख कटुवालको वेवास्थाका कारण मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम गर्न नपाएको हो ।

नगरकार्यापालिकाको असोज ९ गतेको निर्णय अनुसार नगर प्रमुख कटुवालले मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई“यस बरहथवा नगरपालिका क्षेत्र भित्र संचालित प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गरी ५० शैयाको अस्पतालको रुपमा अपग्रेड गर्नका लागि उक्त मन्त्रालयमा सिफारिस गर्ने र प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने जग्गा समाजसेवी स्थानीय रहमानियाले प्रदान गरेका र हाल उक्त प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रुपमा संचालन रहेकोमा नगरकार्यापालिकाको मिति २०८० असोज ९ गते बसेको नगरकार्यपालिकाको बैठकको निर्णायनुसार उक्त अस्पताल समाजसेवी रहमानियाको नाममा रहमानिया प्रादेशिक अस्पताल नामांकन गर्नका लागि उक्त मन्त्रालयमा आवश्यक कार्यार्थका लागि सिफारिस गर्ने निर्णय भएको हुँदा सहजीकरण गरिदिनु हुन अनुरोध छ ।”भनि पत्रसमेत तयार पारी सकेकी भएपनि मन्त्रालयले २ पटक ताकेता गर्दा पनि सो प्रकृया अगाडि नबढेको बरहथवा नगरपालिका ७ का वडा अध्यक्ष राम प्रकाश दासले बताए ।
उनका अनुसार नगर कार्यपालिकाले २०८० असोज ९ गते नै सर्वसहमत निर्णय गरि सोही अस्पताललाई स्तरोउन्नती गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने भन्दै मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई बोलाएर अन्र्तक्रिया समेत गरिएको भएपनि निवर्तमान रक्षा मन्त्री एवम सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको इसारामा चलेर प्रदेश सरकारले गरेको ताकेतालाई पनि नगर प्रमुख कटुवालले वेवास्था गरेकी हुन । प्रति शैया ५५ स्कोआर फिट जग्गा चाहिनेमा हाल नगर अस्पतालसंग ५० शैयाको प्रादेशिक अस्पताललाई पुग्ने जग्गा समेत रहेको र आवश्यक जनशक्ति,आवश्यक औजारहरुका साथै भौतिक संरचना निर्माण गर्न पनि मधेश प्रदेश सरकार तयार रहेको भएपनि नगर प्रमुख कटुवालका कारण ५० शैयाको प्रादेशिक अस्पताल निर्माणको काम अघि बढ्न नसकेको बरहथवा नगरपालिका ३ का वडा अध्यक्ष नन्द किशोर महतोले बताए ।
सोही विषयलाई कार्यन्वय गराउन दवाव दिने उद्देश्यले बरहथवा बजार क्षेत्र र नगरपालिका कार्यालय अगाडि आज.मंगलबार) नेपाली कांग्रेसले र्याली निकालेर प्रदर्शन गरेको हो ।“ उपरोक्त अस्पताल अब उपरान्त मधेश प्रदेश सरकार मातहत संचालनको लागि अस्पतालको स्वामित्वमा रहेको चल÷अचल सम्पूर्ण सम्पत्ति (जग्गा÷भवन,औजार,उपकरण आदि)मेधश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने साथै मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक जनशक्ति परिपूर्ति न भएसम्म हाल कार्यरत जनशक्ति अस्पतालमा यथावत राख्ने निर्णय गरियो ।”नगर कार्यपालिकाले २०८० असोज ९ गते भएको सर्वसहमत निर्णयमा उल्लेख रहेको बरहथवा नगरपालिका १ का वडा अध्यक्ष नवराज राईले बताए ।
उनका अनुसार नगरकार्यपालिकाको बैठकमा सर्वसहमत गरिएको निर्णय कार्यन्वय गराउने विषयमा नगर प्रमुख कटुवाल गैर जिम्मेवार रहेकी छन् । सो निर्णयमा हाल सञ्चालनमा रहेको १५ शैयाको अस्पताललाई स्तरोउन्नती गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने र स्थानीय जग्गादाता रहमानियाको नाममा रहमानिया प्रादेशिक अस्पताल नामाकरण गर्नै सर्वसहमत निर्णय हुनुका साथै १५ शैयाको नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।
निर्माणाधिन नगर अस्पताल हाल करिब १५ कठ्ठामा रहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको मापदण्ड अनुसार ५० शैयाको प्रादेशिक अस्पताल निर्माण गर्न जग्गा पुग्ने भएपनि नेकपा(एमाले)का केही नेताकार्यकर्ताहरुले जग्गा अपुग छ भन्दै सामाजिक सञ्जालहरुमा प्रचारबाजी गरेको पाइएको कांग्रेस नेताहरुले बताएका छन् । आफहुरुको माग सम्बोधन नभए चरणवद्ध रुपमा आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राख्ने बरहथवा कांग्रेसले जनाएको छ ।
“प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा बिरामीको चाप वृद्धि हुन गई उपचार सेवा प्रभावकारी रुपमा दिन नसकेको हुँदा उक्त प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गरी ५० शैयाको अस्पताल स्वीकृती गरी दिनुका साथै २०५३ सालमा प्राथमिक स्वास्थ्य केन्द्रलाई १३ कठ्ठा जग्गा दिने स्थानीय जग्गा दाता रहमानियाको नाममा अस्पताल नामांकन गरी आवश्यक कार्यार्थका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरियो।”बरहथवा नगरपालिकाको नगरकार्यपालिकाले असोज ९ गते निर्णयमा उल्लेख छ ।
यता,हाल सञ्चालनमा रहेको १५ शैयाको नगर अस्पतालको भौतिक संरचना मापदण्ड विपरित रहेका कारण आफुहरुले अर्काे नयाँ ठाउँमा ५० शैयाको प्रादेशिक नगर अस्पताल निर्माण गर्दा कुनै समस्या नहुने बरहथवा नगरपालिकाको नगर स्वास्थ्य शाखाका प्रमुख सत्यनारायण यादवले बताए ।उनले काठमाण्डौँ उपमहा नगरपालिकाको उद्धाहरण दिँदै १५ शैयाको नगर अस्पताल रहेपनि नयाँ जग्गा खोजेर ५० शैयाको प्रादेशिक अस्पताल निर्माण गर्न सकिने र त्यसका लागि आफुहरु पनि लागि पर्ने बताए ।
हाल बरहथवा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यादव आफैँले नीजि स्वास्थ्य संस्था चलाएका छन् भने बरहथवा मै ५० शैयाको प्रादेशिक अस्पताल सञ्चालन आउँदा आफ्नो व्यावसाय चौपट हुने डर उनलाई रहेको कांग्रेस नेताहरुको आरोप छ ।उनी निजामती कर्माचारी भएपनि नेपाली कांग्रेसकै राजनिित गरिरहेका छन् भने नगर प्रमुख कटुवालका साथै नगर उप प्रमुख रामबाबु सिंहलाई समेत घुमाउने गरेका समेत कांग्रेस नेताहरुको आरोप छ ।