सर्लाहीको बागमती नगरपालिका ४ स्थित रहेको जनज्योति आधारभूत विद्यालयमा अध्यायनरत छात्रछात्राहरुलाई छात्रावृत्ति वितरण गरिएको छ ।बागमती नगरपालिका ४ स्थित रहेको जनज्योति आधारभूत विद्यालयमा अध्यायनरत तीन जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक मनोज प्रसाद खनालले जानकारी दए ।
उनका अनुसार विद्यालयका निवर्तमान प्रधानाध्यापक ज्ञान बहादुर खड्काले श्रीमती स्व.ज्ञानु कुमारी खड्काको नाममा गतवर्ष विद्यालय मै रु एक लाख ६५ हजार पाँच सय अक्षयकोष स्थापना गरेका थिए । सोही रकमबाट विद्यालयमा अध्यायनरत छात्रा ग्रिष्मा ग्यावक,छात्र अविनाश थिङ् र सागर पुलामी मगरलाई छात्रावृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खनालले जानकारी दिए ।
विद्यालयमा अध्यायनरत तीनजना छात्रछात्राहरुलाई छात्रवृति स्वरुप एक वर्ष सम्म पुग्ने गरी स्टेशनरी,विद्यालय पोशाक र विद्यालय झोला लगाएतका सामाग्री वितरण भएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार छात्रवृत्ति वितरण कार्यक्रमको अवसर पारेर कोष संरक्षक निवर्तमान प्राधानाध्यापक खड्काले कोषमा रु ५० हजार थप गरेका छन् ।
अब कोषमा रु दुई लाख १५ हजार पाँच सय अक्षयकोष राशी पुगेको विद्यालयले जनाएको छ ।विद्यालयका अति जेहन्दार,अनुशासित र विपन्न छात्रछात्रालाई छनौट गरेर प्रत्यक वर्ष छात्रवृति वितरण गरिने कोष संरक्षक खड्काले बताए ।उनले आफ्नी श्रीमती स्व.खड्काको नाममा गत वर्ष माघ ११ गते रु एक लाख ६५ हजार पाँच सय राशीको अक्षयकोष स्थापना गरिदिएका थिए ।
यस विद्यालयमा अध्यायन गर्ने अति विपन्न परिवारका जेहन्दार बालबालिका शिक्षाबाट वन्चित नहुन भन्ने उदेश्य सहित कोष स्थापना गरिएको कोष संरक्षक खड्काको भनाई छ । उनका अनुसार यस कोषले थोरै भएपनि विपन्न बालबालिकाहरुलाई सहयोग मिल्ने छ । बागमती नगरपालिकाको शिक्षा शाखा संयोजक राजकुमार वि.कको प्रमुख अतिथ्यतामा भएको छात्रवृति वितरण कार्यक्रममा बागमती नगरपालिका ४ का वडाध्यक्ष कृष्णकुमार लामा,शिक्षा शाखाका कार्की,निवर्तमान प्रधानाध्यापक तथा कोषका संरक्षक खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलसिंह मोक्तान लगायतको विशेष उपस्थिति रहेको थियो ।