भ्रष्टाचारी ठहर निर्माण व्यावसायी रौनियार एमालेमा प्रवेश,एमाले भ्रष्टहरुलाई संरक्षण गर्ने पार्टीको पहिचान बनाउँदै

2.2k Shares

पप्पु कन्स्ट्रक्शन प्रा.लिका तत्कालिन संचालक हरिनारायण रौनियार नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका निर्माण व्यावसायी रौनियार एमालेका प्रवेश गरेका हुन् । सधै शक्तिको आडमा ठेक्का लिएर अलपत्र छाड्ने तथा कमसल निर्माण सामग्री प्रयोग गरी गुणस्तरहिन कार्य गर्ने कम्पनिको रुपमा परिचित पप्पु कन्स्ट्रक्शन प्रा.लिका तत्कालिन संचालक रौनियार पर्सामा आयोजित एक कार्यक्रमबाट एमालेमा प्रवेश गरेका हुन ।
विगतमा सक्ता,शत्तिको पहुँच लिएर निर्माण व्यावसायी रौनियारले लिएका ठेक्काहरुमध्ये अधिकांशले खति गरे अनि भ्रष्टाचार,अपारदर्शिता तथा कमसल निर्माण सामाग्रीका कारण उनले चलाएको पप्पु कन्स्ट्रक्सन प्रा.लि मधेश प्रदेशमा मात्रै नभई देशका विभिन्न ठाउँमै बद्नाम भएको छ ।विशेष अदालतबाट निर्माण व्यावसायी रौनियारसहित उनको कम्पनी भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ मा दायर गरेको भ्रष्टाचार मुद्दामा २०७९ बैशाख २५ मा विशेष अदालतले निर्माण व्यावसायी रौनियारलाई दोषी ठहर गरेको थियो ।निर्माण व्यावसायी रौनियार र उनका छोरा सुमित रौनियारमाथि विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल,सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले जनही रु. ३ करोड ६२ लाख २९ हजार विगो र जरिवाना सजाय सुनाएको थियो ।
२०७४ मा तत्कालीन जनता समाजवादी पार्टी(जसपा)का तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएपनि भ्रष्टाचार मुद्दाका कारण रौनियार निलम्बनमा परेका थिए ।गुणस्तरहिन निर्माण,काममा चरम ढिलासुस्ती र जताततै ठेक्का लिएर आयोजनाहरु अलपत्र पार्ने क्रम बढेपछि उनले २०७५ सालमा निर्माण कम्पनीबाट आफू अलग भएको स्व घोषणा गरेका थिए ।नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणका आधारमा सरकारले कार्बाही गरेपछि काँध हालेको एमाले भ्रष्टहरुलाई संरक्षण गर्ने पार्टीको पहिचान बनाउन सफल भएको छ ।

सम्बन्धित समाचार