जनता समाजवादी पार्टी संविधान संशोधनका समयमा आफुहरुका मागका विषयमा कुरा उठाइदिन कांग्रेसँग आग्रह गरेको छ । शनिवार नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच भएको छलफलमा यस्तो आग्रह गरेपछि सरकारले गर्न लागेको संविधान संशोधनको बारेमा थप छलफल गरेर अघि बढ्ने दुवै दलबिच सहमति भएको छ ।
आज काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दुई पार्टीबीच भएको छलफलमा संविधान संशोधनको बारेमा थप छलफल गरी अघि बढ्ने समझदारी भएको हो । देउवा निकट नेताले दिएको जानकारी अनुसार जसपा नेपालका नेताहरु संविधान संशोधन लगायतका विषयमा छलफल गर्न आएपनि र छलफल टुंगोमा पुगिसकेको छैन ।
सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसलाई आधिकारिकता दिन संविधान संशोधन गर्न लागेको छ । त्यसमै अन्य विषय समावेश गरि एकैपटक संविधान संशोधन गर्नका लागि सरकारलाई दवाव दिन जसपाले काँग्रेसलाई आग्रह गरेको थियो ।
जवाफमा काँग्रेसले यस विषयमा आफ्नो बैठकमा छलफल गर्ने र पुनः बैठक बसेर थप निर्णय गर्ने दुई दलबीच सहमति भएको ति नेताको भनाइछ । बैठक चाँडै बस्ने भनिएको छ तर कहिले बस्ने त्यो तय भएको छैन ।