दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको बालुवाटारले परिचित सुकुम्बासी बस्तीमा बालुवाटार बस्ती सेवा समाज गठन गरिएको छ । हरिवन नगरपालिका ११ स्थित रहेको बालुवाटारले परिचित सुकुम्बासी बस्तीमा २१ सदस्यीय बालुवाटार बस्ती सेवा समाज गठन गरिएको हो । आफ्नो जग्गाको भोगाधिकार,विद्युतीकरण,सडक,खानेपानी,शिक्षा र स्वास्थ्य तथा मानिसका नैसर्गिक आधारभुत आवश्यकताहरुको व्यावस्थाका लागि पहल गर्न र बाह्य हस्तक्षेप बन्द गर्न बालुवाटार बस्ती सेवा समाज गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार डबल बहादुर राउतको अध्यक्षतामा बालुवाटार बस्ती सेवा समाज गठन गरिको छ । समितिको वरिष्ठ उपाअध्यक्षमा रामेश्वर चौधरी,उपा अध्यक्षमा हरिवन नगरपालिका ११ की वडा सदस्य गीता राउत,सचिवमा सहदेव खत्री र कोषअध्यक्षमा इन्द्र बहादुर पन्तलाई चयन गरिएको छ । करिब दुई सय घर बसोबार रहेको सो सुकुम्बासी बस्तीका स्थानीय स्तरका विकृति,विसंगतिहरु न्युनिकरणका लागि पहल गर्ने, आफ्नो जग्गाको भोगाधिकार,विद्युतीकरण,सडक,खानेपानी,शिक्षा र स्वास्थ्य तथा मानिसका नैसर्गिक आधारभुत आवश्यकताहरुको व्यावस्थाका लागि पहल गर्न र बाह्य हस्तक्षेप बन्द गर्न बालुवाटार बस्ती सेवा समाज गठन भएको समितिका वरिष्ठ उपा अध्यक्ष रामेश्वर चौधरीले बताए । उनका अनुसार अघिल्लो कार्यकालका नगर प्रमुख गणेश प्रसाईले सो बस्तीका सुकुम्बासीहरुले भोगचलन गरेको जग्गाको भोगाधिकार,विद्युतीकरण,सडक,खानेपानी,शिक्षा र स्वास्थ्य तथा मानिसका नैसर्गिक आधारभुत आवश्यकताहरुमा रोक लगाएका थिए ।
तर अहिले नगर प्रमुख रमेश बुढाथोकी आएपछि बालुवाटार बस्ती सेवा समाज बनाएर आफ्नो जग्गाको भोगाधिकार,विद्युतीकरण,सडक,खानेपानी,शिक्षा र स्वास्थ्य तथा मानिसका नैसर्गिक आधारभुत आवश्यकताहरुको लागि केही भएपनि राहत पुर्याउने काम गरेका समितिका अध्यक्ष डबल बहादुर राउतले बताए । उनका अनुसार नगर पम््खु बुढाथोकीको पहलमा सुकुम्बासी बस्तीमा अहिले विद्युतिकरण,सडकको स्तरोउन्नती र खानेपानीको व्यावस्थापनको काम भई रहेको छ ।