गणेश खड्का
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले विना सुरक्षा घेरा बागमतीकाे सुकुम्बासी बस्ती र पुर्व लडाकु बस्तीकाे स्थलगत अवलाेकन गर्नु भएको छ ।
.jpg)
आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न सर्लाही आउनु भएका मन्त्री किराँतीले नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता कार्यकर्ताहरुसंग भेट गर्नुका साथै विना सुरक्षा घेरा बागमतीकाे सुकुम्बासी बस्ती र पुर्व लडाकु बस्तीकाे स्थलगत अवलाेकन गर्नु भएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयाे ।
.jpg)
मन्त्री किराँतीले भरखरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे निर्वाचनमा विजयी भएका हरिवन नगरपालिका १० काे चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका पदाधिकारीहरुका साथै सदस्यहरुलाइ बधाई तथा शुभकामना समेत दिनुभएकाे चतुर्भुजेश्वर जनता क्याम्सप सुखेपाेखरीका नव निर्वाचित सभापति प्रेमराज दाहालले बताउनु भयाे ।
बागमती नगरपालिकाकाे सभा हलमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुसंग भेटघाट गरि मन्त्री किराँती आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न हरिवन जानू हुने छ ।
मन्त्री किराँतीलाई बागमती नगरपालिका सहित जिल्लाका विकास निर्माण र पार्टीको वस्तुगत स्थितिकाे बारेमा अनाैपचारिक रुपमा नगर प्रमुख थापाले जानकारी गराउनु भएको नगर उप प्रमुख माेक्तानले बताउनु भयाे ।
नेता कार्यकर्ता भेटघाट कार्यक्रममा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महताे,पार्टीका विभिन्न तह र तप्ताका नेता तथा कार्यकर्ताहरुका साथै बागमती नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे छ ।