सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको लर्डबुद्ध सिप तथा तालीम केन्द्रले इभेन्ट परियोजनाको आर्थिक सहयोगमा ३ महिने विल्डीङ ईलेक्टिसियन तालीमको समुद्धघाटन गरेको छ ।
लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपाने(कुमार)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० जना प्रशिक्षर्थीहरु सहभागी हुने लर्डबुद्ध सिप तथा तालीम केन्द्रका सञ्चालक तथा कार्यक्रमका अध्यक्ष घमराज श्रेष्ठ(राजकुमार)ले बताउनु भयो । विगत लामो समयदेखि विभिन्न प्राविधिक तथा गैर प्राविधिक विषयमा कोचिङ्ग सहित प्राविधिक शिक्षा तथा व्यवासायीक तालीम परिषदका विभिन्न कार्यक्रमहरु सञ्चालक गरि रहेको यस संस्थाले दक्ष जनशक्ति उत्पादन गरि रहेको छ ।

४/५ वर्ष पहिलाबाट आफ्नो सेवा सुरु गरेको यस संस्थाले ईभेन्ट परियोजना र सिटिइभीटीका गरि ८÷९ वटा कार्यक्रमहरु निःशुल्क रुपमा सञ्चालन गरि रहेको छ । ३ महिने विल्डीङ ईलेक्टिसियन तालीम १९ गते आईतबारबाट सुरु गरिने श्रेष्ठले बताउनु भयो ।