हामीले जनताको कुरा सुन्यौँ, प्रधानमन्त्री ओलीको राजिनामा माग्दैनाैँः वरिष्ठ नेता खनाल

3.8k Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरू जनमतको कदर गर्ने निष्कर्षमा पुगेको बताउनुभएको छ ।  खनालले भन्नुभयो ‘हामीले जनताको कुरा सुन्यौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्दैन, अब यो विषय टुंगियो ।’ उहाँले पाँच वर्षे सरकारको नेतृत्व केपी ओलीले नै गर्ने बताउनुभयाे ।

उहाँले देशव्यापी रूपमा नेकपा भित्र पैदा भएको तरंग समेत समाप्त पारेको बताउनुभयाे । उहाँले भन्नुभयो ‘सचिवालयको शनिबारको बैठकसँगै एकताको दिशामा अत्यन्तै सकारात्मक कदमको रुपमा सम्पन्न भएको छ । हामी सबै सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत भएका छौं । अब स्थायी कमिटीमा जे निर्णय ल्याउँछ, त्यो साझा प्रतिवेदन ल्याउँछ ।’

उहाँले आफूहरुले अल्पमतमा परेरै सम्झौता भने नगरेको जिकिर गर्नुभयो । ‘विल्कुलै अल्पमतमा परेर सम्झौता गरेको होईन । दुवै पक्षले रियलाईजेशन गरेको हो । दुवै पक्षले सांसदहरुलाई हस्ताक्षर गर्ने अभियान चलाउन थालिसकेका थिए । सांसदहरुलाई हस्ताक्षर गर्ने अभियानमा पुगेका थियौं । हामीले जनताको कुरा सुन्यौं । यसले देशलाई नोक्शानीतर्फ लैजान्छ भन्ने सोचेर एकता भएर जानुको विकल्प छैन भन्ने अनुभुति गरेका हौं ।’

सम्बन्धित समाचार